Top Ten Nepali News Today | News in Nepal

1. प्रधानमन्त्रीको फोक्सोमा दाग,विदेश लान सिफारिस ( Seto Pati)

तीन हप्तादेखि सुख्खा खोकी र कहिले काही ज्वरो आउने लक्षण देखिएको छ। सिटी स्क्यान गर्दा फोक्सोमा सानो दाग देखिएकोले उहाँको थप परीक्षण हुँदै गरेको छ।
 अमेरिकामा क्यान्सरको उपचार गराइरहेका प्रधानमन्त्री सुशील कोइरालको छातीमा पनि समस्या देखा परेको छ। ब्रोङ्काइटिसको नियमित औषधि खाइरहेका प्रधानमन्त्रीको छातीमा दाग देखिएको छ। थप उपचारका लागि अनुकुल समयमा सुविधासम्पन्न अस्पतालमा लान चिकित्सकहरुको समूहले सुझाव दिएको छ।…. Read full story at Setopati

2.  अख्तियार छानबिन तल्लो तहमा सीमित ( Nagarik News)

पदाधिकारी पाएको वर्ष दिन पुगिसक्दा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक निकायको उच्च तहलाई छानबिन दायरामा ल्याउन सकेको छैन। प्रमुख आयुक्त लोकमानसिंह कार्की र आयुक्त केशव बरालले पदभार सम्हालेको वैशाखमा वर्ष दिन पुगिसकेको छ।
यसबीच अख्तियारले तल्लो तहमा हुने गरेको भ्रष्टाचारको मात्रै छानबिन गरेको छ। उच्च तहमा हुने नीतिगत भ्रष्टाचार, अकुत सम्पत्ति आर्जन, उच्च नेतृत्व तहका नेता/प्रशासकविरुद्ध कारबाही अघि बढाउन सकेको छैन।…. Read full story at Nagariknews

3. डिभिजन थ्री क्रिकेट आयोजनाको जिम्मा नेपालले पाएन ( Online Khavar )

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीको आयोजना जिम्मा नेपाललाई दिन अस्वीकार गरेको छ । उसले युगाण्डालाई आयोजक चयन गरेको छ । आईसीसीले मंगलबार डिभिजन थ्री अक्टोबर २६ देखि नोभेम्बर २ सम्म गर्ने निर्णय गर्दै आयोजनाको जिम्मा युगाण्डालाई दिने घोषणा गरेको हो ।

प्रतियोगिता आयोजनाका लागि नेपालले आईसीसीसमक्ष प्रस्ताव राखेको थियो । ‘नेपाल डिभिजन थ्रीमा घटुवा भएको पुष्टि गरेपछि हामीले आयोजनाको इच्छा राखेका थियौं’ क्यानका एक अधिकारीले भने-’नेपाललाई दिने सम्भावना पनि थियो । तर, आज युगण्डाले दिएको सुनेको छु । ..

Read full story at Onlinekhavar

4. सडकमा डिस्प्ले राखेर विश्वकप फुटबल हेर्न नपाइने

बिहीबारबाट ब्राजिलमा शुरु हुन लागेको विश्वकप फुटबल प्रतियोगिता सडकमा बसेर हेर्न नपाइने भएको छ । सडकमै ठूला डिस्प्ले राखेर विश्वकप फुटबलका खेल देखाउँदा दुघर्टना बढ्ने जनाउँदै ट्राफिक प्रहरी महाशाखाले रोक लगाउने भएको हो ।

विश्वकपका अधिकांश खेलहरु नेपाली समयअनुसार मध्यराति हुने भएका छन् । ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका मूल सडक तथा भित्री सडकमा पनि डिस्प्ले राखेर फुटबल हेर्न नदिने भएको हो ।…. Read full story at Onlinekhavar

5. अध्यक्षका लागि ओली र नेपाल दुवै पक्षबाट घोषणापत्र

एमालेको नवौं महाधिवेशन सुरु हुन २५ दिन बाँकी छँदा अध्यक्षका दाबेदार वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका केपी शर्मा ओलीले सोमबार आ-आफ्ना पक्षधर कार्यकर्ताबीच ‘घोषणापत्र’ सार्वजनिक गरेका छन्। नेपालले बिहानै आफ्नो पक्षको दृष्टिकोण समेटिएको पुस्तक सार्वजनिक गरे भने ओलीले दिउँसो बृहत् कार्यकर्ता भेला गरी आफ्ना दृष्टिकोण सार्वजनिक गरे।

नेपाल पक्षका नेताकार्यकर्ता बिहान साढे ७ बजे राजधानीको बुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा भेला भएका थिए। नेपालले ‘नवौं महाधिवेशन सन्दर्भमा हाम्रा धारणाहरू’ नामक पुस्तक सार्वजनिक गरेका हुन्। जसमा अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता नेपालदेखि युवानेता ठाकुर गैरेसम्म १३ जनाका धारणा समेटिएका छन्। … Read full story at Annapurnapost

6. संविधानसभामा धर्मको तगारो!

दक्षिणी छिमेकी भारतको राजनीतिक परिवर्तनले ‘हिन्दूत्व’ को मुद्दा हावी बनाएर नेपालको संविधान निर्माण प्रक्रियामा तगारो लगाउने सम्भावना देखिन थालेको छ। 

२०६२/६३ को आन्दोलनताका नेपाल मामिलामा ‘डिल’ गर्न भारत सरकारले पठाउने सत्तारुढ यूपीए गठबन्धनभित्रका नेताहरू सीताराम यचुरी र डीपी त्रिपाठी जस्तै प्रमुख प्रतिपक्षी दल भारतीय जनता पार्टी (भाजपा) बाट आउने गरेका भगतसिंह कोसियारी जेठ तेस्रो साता दुई दिनका लागि काठमाडौं आए। नेपालसँग सीमा जोडिएको उत्तराखण्ड राज्यको मुख्यमन्त्री रहिसकेका र हिन्दूवादी भारतीय जनता पार्टीका उदारवादी र ‘अग्रगामी’ मानिने उपाध्यक्ष कोसियारी काठमाडौं आउनुको देखिने गरी ठूलो कारण भने थिएन। Read full story at Himal Khavar

7. कुदिरहेको बस सडकमै पल्टिएपछि

पुरानो बसपार्कबाट पनौतीतर्फ हिडेको बा १ ख ६७३९ नम्बरको यात्रुवाहक बस सिंहदरबारको मूल गेट अगाडि एक्कासी पल्टियो । नाटकीय शैलीमा भएको यो दुर्घटना देखेर सडकमा हिडिरेहका पैदलयात्री पनि स्तब्ध भए । 

तीव्र गतिमा कुदिरहेको बस यसरी पल्टियो कि प्रत्यक्षदर्शीले एकैपटक बस सडकमा उत्तानो परेको दृश्यमात्रै देखे। भित्र रहेका यात्रुहरु आत्तिएर चिच्चाउन थाले। तर ट्राफिक नआउँंदै प्रत्यक्षदर्शीहरुले बसको अगाडि भागको सिसा फुटाएर यात्रुको उद्धार गरेका थिए । मंगलबार मध्याह्न भएको दुर्घटनामा दर्जनभन्दा बढी यात्रु घाइते भए । बस पल्टिएपछि ट्राफिक नआउँंदै चालक फरार भए । .. Read full story at Annapurnapost

Leave a Reply

Your email address will not be published. Required fields are marked *