Top Ten News of Week on Nepalese News Portals | June 24

1.एआइजी बढुवा प्रकरण विशेष रिपोर्ट:

सिफारिसमा परेका र नपरेका डिआइजी, अरु प्रहरी अधिकृत, पूर्व गृहसचिव, पूर्वआइजिपी लगायतलाई सेतोपाटीले एआइजीका तेह्र जना सम्भावित उम्मेदवारमध्ये ‘टप सेभेन’मा कोको पर्नुपर्थ्यो भन्ने प्रश्न गरेको छ। ९५ प्रतिशतले सिफारिसमा नपारेर गणेश राई, नारायण वस्ताकोटी, यादव अधिकारी, सुशीलवरसिंह थापालाई अन्याय भएको बताए।

2. श्रीमानको नाजायज सम्बन्धबिरुद्ध सतिसालझैं उभिएकी यी लेक्चरर :

‘मेरो लडाइँ मेरोमात्र रहँदैन, अब समाजको लडाइँ हो। जब मैले नै नारीवाद पढाउँछु, महिला सशक्तीकरणको आवाज उठाउँछु जब म नै आफ्नो अधिकारबाट बञ्चित हुन्छु भने मैले दिएको शिक्षाबाट समाजले के ग्रहण गर्ला? तसर्थ बोल्ने, भन्ने एउटा र गराइ अर्कोबीचको संस्कार पनि तोड्नु छ मैले,’ पत्रकार सम्मेलनमा बोल्दा उनका आवाज निरीह र क्रन्दनयुक्त थिएनन्।

Read More on Setopati

3. कम्युनिष्ट किल्ला काठमाडौं २ मा कांग्रेसका कुईँकेल विजयी : 

२३ वर्षसम्म कम्युनिष्ट किल्ला रहेको काठमाडौं २ मा नेपाली कांग्रेस विजयी भएको छ । संविधानसभा उपनिर्वाचन अन्तरगत आइतबार भएको निर्वाचनमा कांग्रेसका दिपक कुईँकेल विजयी भएका छन् । काठमाडौंको यो क्षेत्र २०६४ सालसम्म क्षेत्र नम्बर १ का रुपमा थियो । २०६४ को संविधानसभा निर्वाचनमा देशभर ३५ क्षेत्र थप्दा क्षेत्र नम्बर २ मा परिणत भएको थियो ।

Read More Onlinekhabar

4. तीन करोड फिरौती माग्ने अपहरणकारी प्रहरीको फन्दामा :

एक महिनाअघि दिनदहाडै अपहरणमा परेका बैंक कर्मचारी कृष्ण साहलाई मोरङ प्रहरीले सकुशल उद्दार गरेको छ । नेपाल र भारतका चार अपहरणकारीलाई पक्रनसमेत प्रहरीले सफलता प्राप्त गरेको छ । सुनसरीको दुहबीका साह जेठ १ गते साँझ मोटरसाइकलमा घर र्फकने क्रममा मोरङको टंकिसिनवारीमा फिल्मीशैलीमा अपहरणमा परेका थिए । मोरङका एसपी विश्वराज पोखरेलका अनुसार साहलाई नेपाल भारतमा लुटपाट गर्दै आएका दुबै देशका संयुक्त लुटेराहरुको समुहले परिपक्व योजना बनाएर लामो समयको निगरानीपछि अपहरण गर्न सफल भएका थिए ।

Read More on Onlinekhabar

5.  अमेरिकी विदेशमन्त्रीलाई नेपाली युवतीको चिन्ता :

अमेरिकी विदेशमन्त्री जोन एफ केरीले वेश्यालयमा बेचिने बाध्य नेपाली महिलाप्रति चिन्ता व्यक्त गरेका छन् । ‘जब एक जवान नेपाली महिलालाई यौन उद्योगमा बाध्य पारिन्छ, भविश्यमा हुने यस्ता अपराधबाट पीडितलाई जोगाउन कानूनको प्रवर्तन कसरी गर्नुपर्छ भन्ने अरुलाई भन्दा उनलाई राम्रो जानकारी हुन्छ,’ विदेशमन्त्री केरीले भनेका छन्- ‘अनि जब यी महिला आफूलाई बिक्री गर्नेमाथि सजायँ गर्नका लागि सहयोगी बन्छिन्, अरु कोहीलाई भन्दा उनलाई राम्ररी जानकारी हुन्छ कि केले सो प्रक्रियालाई कम दर्दनाक बनाउँछ र हाम्रो प्रयास अझ प्रभावकारी हुन्छ ।’

6. राजधानीका कलेजले पढाउन छाडे शिक्षा र मानविकी :

‘छोरा बिग्रिए  कमर्स, छोरी बिग्रिए स्टाफ नर्स’ भन्ने रुढीवादी प्रचलन अब थोत्रे भैसकेको छ । काठमाडौं उपत्यकामा अहिले कमर्स र स्टाफ नर्स पढाउने कलेजहरु हृवात्तै बढेका छन् भने मानविकी र शिक्षा पढ्न चाहने विद्यार्थीका लागि चाहिँ कलेज नै नपाइने अवस्था आएको छ ।राजधानीमा सञ्चालित ४४ वटा उच्चमावि र कलेजमध्ये अधिकांशले कमर्स र साइन्स पढाउने गरेका छन् । यीमध्ये तीनवटा कलेजले मात्रै शिक्षा विषय पढाउने गरेका छन् । ४४ मध्ये २० वटा कलेज र उच्च माविमा मानविकी शंकाय नै छैन ।

Read More at Onlinekhabar

7. इराकको प्रमुख तेल प्रशोधन केन्द्र ‘कब्जामा’ :

इराकका सुन्नी बिद्रोहीहरुले आफूहरुले उत्तरी बग्दादको बाइजीमा रहेको एउटा मुख्य तेल प्रशोधन केन्द्र पूर्ण रुपमा कब्जा गरेको बताएका छन्।
सो केन्द्र नियन्त्रणमा लिन उनीहरुले दश दिनदेखि गरिरहेको प्रयास सुरक्षा फौजले विफल पार्दै आएका थिए। इराक पुगेका अमेरिकी विदेशमन्त्री जोन केरीले इराकलाई हरेक प्रकारको सहयोग गर्ने वचन दिएका छन्।

Read More on BBC Nepal

8. यसरी बिक्छन् एसएलसीका सर्वोत्कृष्ट: 

एलएसएली परिक्षा सकेपछि अहिले प्लस टुमा भर्नाको मौसम शुरु भएको छ । ब्रोडसिट पत्रिकाका ठूला पानाहरु अहिले विभिन्न कलेजहरुको विज्ञापनले भरिभराऊ छ । नयाँ शैक्षिक सत्र शुरुवातसँगै आफ्नो कलेजमा विद्यार्थीहरु आकर्षित गर्ने सजिलो मोहरा बनेका छन्, एलएलसीमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरु । ‘उत्कृष्ट विद्यार्थीले हाम्रो कलेज रोजे, तपाईं पनि रोज्नुहोस्’ भन्दै विज्ञापन गर्ने कलेजहरुको कमी छैन । राम्रो कलेजको खोजी गरिरहेका विद्यार्थीहरु पनि उत्कृष्ट अंक ल्याउने विद्यार्थीले रोजेको कलेज पक्कै पनि राम्रै होला भन्दै उनीहरुको पछि–पछि त्यही कलेज तर्फ तानिन्छन् । तर, यहाँ वास्तविकता भने अर्कै हुँदो रहेछ । यसरी एसएलसीमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीले ती कलेजहरु आफ्नो स्व–विकेकले रोजेका हुँदैनन् । तिनीहरुलाई विभिन्न प्रलोभन देखाइ खरिद गर्ने गरेको प्रमाण रातोपाटीले फेला पारेको छ । 

9. कब्जामा लिएकालाई भिडन्त भन्दै गोली ठोक्थे रमेश खरेल :

नेपाल प्रहरीका एसएसपी रमेश खरेलले तराईमा मधेसी युवाहरुलाई कब्जामा लिएपछि भिडन्तको हवाला दिँदै गैरन्याययिक हत्या गर्ने गरेको तथ्य खुलेको छ । ‘ब्याटलस् अफ द न्यू रिपब्लिक’ शीर्षकको हालसालै प्रकाशित पुस्तकमार्फत् प्रशान्त झाले यस्तो खुलासा गरेका हुन् । एसएसपी खरेलले  नेतृत्व गरेको सिरहा प्रहरीले सन् २००९ को जुलाईमा मधेस राष्ट्र जनतान्त्रिक पार्टीका सभापति रामानायराण उर्फ मेनेजर महतोलाई हिरासतबाट घिच्चाउँदै सिराहाको लकपरामा लगेर गोली ठोकी हत्या गरेको थियो । रामनारायण महतोलाई बिहार पुलिसले सन् २००९ जुलाई १८ तारिखमा जयनगरको एउटा चियापसलबाट मोटरसाइकलसाथमा गिरफ्तार गरेर सिराहा प्रहरीलाई हस्तान्तरण गरेको बिहार मानवअधिकार आयोगको रिपोर्टमा उल्लेख छ । उक्त समयमा रमेश खरेल नेपाल प्रहरीको सिराह प्रमुख थिए ।

Read More at Rato Pati

10. फेरिँदैछ काठमाडौंको रुप :

उपत्यकामा विस्तार भइरहेका सडकले काठमाडौंको फेरिँदो रूपको छनक दिन्छ। महाराजगन्ज–लैनचौर, तीनकुने–माइतीघर, भक्तपुर–कोटेश्वर लगायत सडक विस्तार भएका छन्। खाल्डाखुल्डीका समस्या क्रमशः हट्दै गएका छन्। काठमाडौं उपत्यका विकास प्राधिकरणले सहरी सुन्दरता कायम राख्न फराकिला र चिल्ला सडक मात्र होइन, उपत्यकाका भित्री सडकमा एरियापिच्छे बेग्लाबेग्लै रंगरोगनको योजनासमेत अघि बढाएको छ। प्राधिकरणका प्रमुख विकास आयुक्त योगेश्वर पराजुलीका अनुसार फराकिला सडकका छेउछाउमा हरियाली कायम गर्नुका साथै रंगरोगन सुरु भइसकेको छ। ‘ठूला मात्र होइन, भित्री सडक पनि रंगाउने तयारीमा छौं,’ सहरी विकासको खाका देखाउँदै उनले नागरिकसँग भने, ‘सडकसँग जोडिएका भित्तामा पनि रंग लगाइनेछ।’ 

Read more at Nagariknews

Leave a Reply