Top Ten News Today ( 13 -05 -2014 ) In Nepal

1. संविधानसभाको १५औ बैठकबाट संविधान निर्माणको प्रक्रियामा प्रबेश

संविधानसभा अर्न्तगत संविधान अभिलेख अध्ययन तथा निर्क्यौल समितिले आफ्नो आंशिक प्रतिवेदन अध्यक्ष सुवासचन्द्र नेम्वाङसमक्ष पेश गरेपछि तय बस्न लागेको मंगलबारको संविधानसभा बैठकमा समितिका प्रतिवेदनहरुले प्रबेश पाउन लागेको हो।

2. उज्जैन हत्याकाण्डमा जन्मकैद सुनाइएका गौतम पक्राउ नपरेको स्पष्टोक्ति

ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वोच्च अदालतबाट पूर्वसभासद बालकृष्ण ढुंगेलसँगै जन्मकैदको सजाय पाएका पुष्कर गौतमलाई पक्राउ नगरेको प्रहरीले स्पष्टोक्ति दिएको छ। उनलाई बागबजारबाट मंगलबार पक्राउ गरिएको भनिए पनि प्रहरीका अधिकारीहरुले अस्वीकार गरेका छन्।

3. मापदण्ड विपरित शुल्क बढाउने विद्यालयलाई अन द स्पट कारवाही हुन्छः प्रवक्ता शर्मा

सरकारी नियमको कारण शुल्क बृद्धिः निजी विद्यालय सञ्चालकहरु

शिक्षा मन्त्रालयका प्रवक्ता महाश्रम शर्माले निजि विद्यालयमा भएको शूल्क बृद्धिबाट उत्पन्न समस्याको छानबिन र समाधानको लागि अधिकारसम्म केन्द्रीय शुल्क निर्धारण अनुगमन समिति गठन गरिसकेकोले अब मापदण्ड विपरित शूल्क बृद्धि गर्ने निजि विद्यालयहरुलाई अन द स्पट कारबाही हुने बताएका छन्। View Full article

4. विवादास्पद न्यायाधीशबारे छलफल गर्न संसदीय समितिमा न्याय परिषद् नै डाकिने

सिफारिसमा परेका न्यायाधीशहरुको सुनुवाइ गर्न गठित संसदीय विशेष समितिले न्याय परिषद्, उजुरीकर्ता र सिफारिस समितिमा परेका न्यायाधीशहरुलाई बोलाएर छलफल गर्ने भएको छ।

Leave a Reply