प्रेम र वैराग्य

सृष्टीको सुरु देखि नै आफुलाई मन पर्ने वस्तुमा प्रेम भएको सवै जसो ग्रन्थ, पुरान तथा इतिहासमा पाइन्छ । लेख, अनुसाधान तथा ग्रन्थ र सम सामयिक दृष्यबाट पनि के देख्न सकिन्छ भने आफ्नु मन अनुकल आचरण गर्ने माथि प्रेम र आफ्नु मन प्रतिकुल आचरण गर्ने माथि घृणा भएको पाइन्छ । प्रेम आफ्ना छोरा-छोरी माथि आमा-बाबुले निकै नै गरेका हुन्छन् जति आर्काको छोरा-छोरी वा सन्तान प्रति गरिन्छ । तर्सथ विभिन्न चर प्राणिमाथि तथा अचर प्राणिमाथि गरिने प्रेमलाई हर्ेर्ने दृष्टाले फरक फरक देख्छ । दृष्टाको हेर्राईले जस्तो देख्छ त्यस्तै गर्दछ । यसरी प्रथम प्रशुुती भएकी महिलाले भर्खरै प्राप्त आफ्नो सन्तानलाई सम्पर्ुण्ा प्रशव वेदनालाई विर्सिएर प्रेम गर्न पुग्दछिन् । त्यस्तै हाम्रो वरिपरि पाईने पशुहरुको पनि त्यसै अनुरुप हुने गरेको पाईन्छ । आफुबाट प्राप्त सन्त्तति माथि हुने प्रेम भाव भित्रि अन्त्तरात्माबाट प्रप्त हुने प्रेम, र् इर्र्श्वरको वरदान हो । त्यस्तो नरहेमा सृष्टी नै समाप्त हुन्छ । सजिव प्राणिविनाको संसार शुन्य हुन्छ । त्यसैले एक आपसमा प्रेम, सदभाव र मैत्री वातावरण रहे मात्र यो सकल जगत सन्तुलन हुन्छ ।

आजको दुनियामा विश्व तापमान वृुध्दि भैै हाम्रा उच्च हिमालयमा भएको परिर्वतन पनि प्रेम विनाको उपज हो । विभिन्न मौशम अनुसार अचर प्राणिवाट चर प्राणिमा प्राप्त हुने शौभाग्यमा भएको परिवर्तन पनि यो प्रेम विनाको उपज हो । आजको विश्व जगतमा भएको महामारी, अति वृष्टी,अना वृष्टी बाट प्राप्त हुने परिणाम जस्तै बाढी पैरो , अनिकाल , द्धन्द, विनास आदि पनि प्रेम विनाको उपज हो । सचेत भनेर चिनिएका हामी मानव जातिले दिनको करिब ५ मिनेट प्रेम संवन्धी मनन गरी सचेत भएमा आज विश्वमा भएको विनास, द्धन्द, अनिकाल, जस्ता प्रेम विनाको उपजबाट वच्न सकिन्छ र प्राकृतिक तथार् इश्वरीय सृष्टीलाई सुन्दर वनाउन सकिन्छ ।

त्यसैले प्रेम संगै वैराग्य पनि सृजना गर्न सकिन्छ । वैराग्य के मा – वैराग्य प्रेममा हैन प्रेमको उल्टो विषय वस्तुमा वैराग्य उत्पन्न गर्न सकिन्छ । वैराग्य विसंगतीमा, विनासमा, क-भावमार्,र् इश्वरीय सृष्टीको विरुद्धमा देखिने वस्त ुप्रति हामी मानवले वैराग्य उत्पन्न गर्न सकेमा प्रेम जगतलाई हर्ुकने वातावरण तयार हुन्छ । हामी वरिपरि जंगल विनासको उपज वाढी, पहिरो, वर्साईसर्राई, अनिकाल, भोकमरी प्राकृतीक स्रोतको विनास गर्ने र वातावरणिय असन्तुलन गर्नमा मानव जातिको प्रथम देन छ । प्रकृतिक स्रोतको विनास त गर्छ तर विकास गर्नमा एक निमेस पनि समय छुट्याएको हुदैन । त्यसैले विनास जस्ता विषय वस्तुमा दिनको ५ मिनेट मात्र मनन गरी आफ्नो मनलाई विनास गर्ने भावनालाई वैराग्यमा परिवर्तन गर्न सकेमा योर् इश्वरीय संसार अर्कै देख्न सकिन्छ । त्यसैले प्रेम सँगै वैराग्य उत्पन्न गरि सासारिक जगतलाई हामी सचेत मानव प्राणिले विश्व वातावरणलाई संरक्षण गरौं जसले गर्दा संपर्ुण्ा चर, अचर प्राणिको कल्याणको साथै हाम्रो भुवनोटको पनि संरक्षण हुन पुग्दछ । त्यसको लागि योग दर्शनमा एउटा संस्कृतमा सुत्र छ, जुन यस प्रकार छ , ङ्ग स तु दर्ीघकालनैरर्न्तर्यसत्कारसेवितो दृढ भुमि ः ङ्ग भनिएको छ ।

जसको अर्थ हुन्छ, जुन विषय वस्तु प्रति निरन्तर श्राध्दा पर्ूवक लागि पर्‍यो भने त्यस विषय प्रति गााढा भाव उत्पन्न हुन्छ र त्यस प्रति लगाव वढ्दछ ।
त्यसैले प्रेम सँगै वैराग्यको पनि विकास गरौ यसले विश्व जगतलाई संरक्षण गर्न मदत गर्दछ ।

– शिवराज अर्याल

Leave a Reply

Your email address will not be published. Required fields are marked *